२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

वीरगञ्ज नाकाबाट १ खर्बबढीको पेट्रोलियम पदार्थ आयात, राजस्व ६७ अर्ब नाघ्यो


सञ्चार डबली
  • बिहीबार , जेठ १४ २०८३
  • 6.8K
    SHARES

  • वीरगञ्ज नाकाबाट १ खर्बबढीको पेट्रोलियम पदार्थ आयात, राजस्व ६७ अर्ब नाघ्यो

    पर्सा / वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने ६ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ । 

    गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै २५ अर्ब ५३ करोड अर्थात १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । जबकी गत आवको १० महिनामा भने १ खर्ब ५६ अर्ब १७ करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ भित्रिएको थियो । 

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा पेट्रोलियम पदार्थहरुको आयातबाट ६७ अर्ब १९ करोड राजस्व सङ्कलन गरेको बताए । चालु आवको १० महिनामा १ खर्ब ५७ करोड मूल्य पर्ने ८ लाख ९५ हजार २ सय ४६ किलोलिटर डिजेल आयात भएको छ । जबकी गत आवको १० महिनामा भने ७९ करोड ५७ करोड मूल्य पर्ने ९ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो ।

    रू ३५ अर्ब ७९ करोड मूल्य पर्ने ३ लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको १० महिनामा भने ३१ अर्ब ७१ करोड मूल्य पर्ने ३ लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो ।

    चालु आवको १० महिनामा २५ अर्ब ५४ करोड मूल्य पर्ने २४ करोड २७ लाख ३ हजार १५० किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकी गत आवका १० महिनामा भने ३० अर्ब २८ करोड मूल्य पर्ने २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend