२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाल टेलिकमकाे खुद मुनाफा ९.८५ प्रतिशतले बढ्याे, प्रति शेयर आम्दानी कति पुग्याे ?


सञ्चार डबली
  • बुधबार, वैशाख ३० २०८३
  • 1.6K
    SHARES

  • नेपाल टेलिकमकाे खुद मुनाफा ९.८५ प्रतिशतले बढ्याे, प्रति शेयर आम्दानी कति पुग्याे ?

    काठमाडौँ / नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (असार मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    विवरणअनुसार कम्पनीको सञ्चालन आय, कुल आय र खुद मुनाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि देखिएको छ ।

    कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आय र नाफा दुवैमा सुधार देखिए पनि केही क्षेत्रमा खर्च तथा बाह्य आर्थिक परिस्थितिका कारण मिश्रित प्रभाव परेको देखिन्छ।

    चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय रु. २५ अर्ब ९२ करोड ९६ लाख पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको रु. २५ अर्ब ३१ करोड ७६ लाखको तुलनामा रु. ६१ करोड २० लाख (२.४२ प्रतिशत) ले बढी हो । 

    त्यसैगरी, कुल आय रु. २८ अर्ब ८५ करोड ४८ लाख पुगेको छ, जुन गत वर्षको सोही अवधिको रु. २८ अर्ब ४३ करोड १५ लाखको तुलनामा रु. ४२ करोड ३३ लाख (१.४९ प्रतिशत) ले वृद्धि भएको हो ।

    कम्पनीको ब्याज, कर, ह्रासकट्टी र अमोर्टाइजेशन अघिको मुनाफा रु. १४ अर्ब ३८ करोड २ लाख पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा रु. १८ करोड ८० लाख (१.३२ प्रतिशत) ले बढी हो ।

    त्यस्तै, खुद मुनाफा रु. ६ अर्ब २७ करोड २९ लाख पुगेको छ, जुन गत वर्षको सोही अवधिको रु. ५ अर्ब ७१ करोड ५ लाखको तुलनामा रु. ५६ करोड २४ लाख (९.८५ प्रतिशत) ले वृद्धि भएको हो ।
    प्रति शेयर आम्दानी पनि सुधार भएर रु. ४६.४७ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु. ४२.३० थियो ।


    कम्पनीका अनुसार यस अवधिमा वित्तीय सूचकहरूमा देखिएको छ । ब्याजदर निरन्तर घट्दै गएको कारण ब्याज आम्दानीमा उल्लेख्य गिरावट आएको कम्पनीकाे भनाइ छ । गत वर्षको तुलनामा करिब रु. ५७ करोड ६६ लाख (२०.५७ प्रतिशत) ले ब्याज आम्दानी घटेको छ ।

    जिएसएम सेवातर्फको राजस्वमा सुधार आएको छ । गत वर्षको तुलनामा रु. ५७ करोड ७४ लाख (२.७६ प्रतिशत) ले वृद्धि भएको छ ।

    त्यस्तै, ह्रासकट्टी खर्चमा कमी आएको छ । सो खर्च रु. ३८ करोड ६९ लाख (८.४६ प्रतिशत) ले घट्दा समग्र नाफा वृद्धिमा सहयोग पुगेको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार ब्याज आम्दानी घटे पनि दूरसञ्चार सेवातर्फको आम्दानी वृद्धि, खर्च व्यवस्थापनमा सुधार र सञ्चालन दक्षताका कारण समग्र नाफामा सकारात्मक वृद्धि भएको हो ।

    नेपाल टेलिकमले आगामी त्रैमासिकहरूमा सेवा विस्तार, डिजिटल सेवाको सुधार र राजस्व वृद्धिमा जाेड दिने जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend