२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अब अनलाइनबाटै लिन सकिने


सञ्चार डबली
  • सोमबार, वैशाख २८ २०८३
  • 1.7K
    SHARES

  • नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अब अनलाइनबाटै लिन सकिने

    काठमाडौँ । नेपाल टेलिकमले नयाँ प्रिपेड ई-सिम अनलाइनबाटै लिन सकिने सुविधा सुरु गरेको छ । योसँगै अब नयाँ ई-सिम लिनका लागि ग्राहकहरू स्वयं दूरसञ्चार कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हटेको छ ।

    नयाँ ई-सिम लिन चाहने सेवाग्राहीले टेलिकमको पोर्टल esim.ntc.net.np मा गएर 'Get New Prepaid eSIM' मा क्लिक गरी आवश्यक विवरण भर्नुपर्नेछ । विवरण दर्ता गरेपछि विभिन्न डिजिटल वालेट वा क्यूआर कोडमार्फत भुक्तानी गरेपछि ई-सिमको क्यूआर कोड प्राप्त हुनेछ । उक्त क्यूआर कोडलाई आफ्नो मोबाइलको सेटिङमा गएर स्क्यान गरेपछि सिम सक्रिय हुने टेलिकमले जनाएको छ ।

    यस पोर्टलबाट नयाँ ई-सिम मात्र नभई पहिलेदेखि प्रयोगमा रहेको भौतिक (फिजिकल) सिमलाई ई-सिममा परिवर्तन गर्ने र नयाँ सिमका लागि आवश्यक अनलाइन केवाइसी विवरण भर्ने सुविधा समेत उपलब्ध रहेको टेलिकमले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend