२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आजको मौसम । तीन प्रदेशका हिमाली भूभागमा वर्षा/हिमपातको सम्भावना


सञ्चार डबली
  • बिहीबार , वैशाख ३ २०८३
  • 3.5K
    SHARES

  • images
    आजको मौसम । तीन प्रदेशका हिमाली भूभागमा वर्षा/हिमपातको  सम्भावना

    काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा छ ।

    बिहीबार (वैशाख ३) दिउँसो कोसी प्रदेशको पहाडी भूभागलगायत वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको  सम्भावना रहेको विभागले जनाएको छ ।

    राति, कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । 

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend