२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आजको मौसम । यी भूभागमा वर्षा र हिमपातको सम्भावना


सञ्चार डबली
  • बुधबार, वैशाख २ २०८३
  • 3.0K
    SHARES

  • images
    आजको मौसम । यी भूभागमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

    महाशाखाका अनुसार अहिले हिमाली भूभागमा साधारणतया र पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै, तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

    आज दिउँसो कोशी प्रदेशको पहाडी भेग र देशका अन्य हिमाली क्षेत्रमा बादल लाग्नेछ । बाँकी पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ । तराईमा भने घाम लाग्ने र मौसम सफा रहने अनुमान गरिएको छ ।

    कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै गण्डकी प्रदेशको पहाडी भूभाग र अन्य हिमाली क्षेत्रका एकदुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    मौसममा आएको यो परिवर्तनले पहाडी तथा हिमाली जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend