२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स (inDrive.Couriers)


सञ्चार डबली
  • शुक्रबार, चैत २७ २०८२
  • 2.5K
    SHARES

  • images
    साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स (inDrive.Couriers)

    काठमाडौं । इनड्राइभले नेपाली नयाँ वर्षको अवधिमा आफ्नो डेलिभरी सेवा इनड्राइभ.कुरियर्स प्रति उल्लेखनीय रूपमा माग बढेको जनाएको छ। विशेषगरी साना तथा मध्यम व्यवसायहरूले यस वृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन्।

    इनड्राइभ.कुरियर्स एक अन–डिमान्ड डेलिभरी सेवा हो, जसले व्यक्तिहरू र व्यवसायहरूलाई छिटो, भरपर्दो र पारदर्शी रूपमा सामान पठाउन कुरियर सेवासँग जोड्छ। यस सेवामार्फत ग्राहक र कुरियरबीच सिधै सहमतिमा उचित भाडा निर्धारण गरी शहरभित्र पार्सल पठाउन सकिन्छ। औसतमा, कुरियरहरू ५–६ मिनेटमै पिकअप स्थानमा पुग्छन् भने ४० सेकेन्डभन्दा कम समयमा अर्डर मिलान हुन्छ। औसत डेलिभरी दूरी करिब ६ किलोमिटर रहेको छ।

    इनड्राइभको आन्तरिक तथ्यांकअनुसार, सन् २०२५ को नेपाली नयाँ वर्षको अवधिमा डेलिभरी अर्डर संख्या अघिल्लो वर्षको तुलनामा २००% भन्दा बढीले बढेको थियो। साथै, कुल प्रयोगकर्ता संख्या र साना तथा मध्यम व्यवसाय (SMB) साझेदारहरू, जसमा स्थानीय पसल, अनलाइन विक्रेता र घरबाट सञ्चालन हुने व्यवसायहरू समावेश छन्, दुवैमा उल्लेखनीय वृद्धि भएको देखिएको छ। अघिल्लो वर्षको तुलनामा सक्रिय व्यवसाय प्रयोगकर्ताको संख्या २.६ गुणाले बढेको छ, जसले साना व्यवसायहरूमा डेलिभरी सेवाको प्रयोग तीव्र रूपमा बढिरहेको संकेत गर्दछ। यस अवधिमा प्रयोगकर्ताहरूले कपडा, दैनिक उपभोग्य सामग्री, खाना, स्पेयर पाट्र्सदेखि लिएर बाकस तथा अन्य पार्सलसम्म विभिन्न सामान पठाउन प्लेटफर्म प्रयोग गरेका थिए।

    इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रिता पोखरेलले भन्नुभयो, "नेपाली नयाँ वर्ष साना व्यवसायहरूका लागि अत्यन्त महत्वपूर्ण समय हो, जहाँ उनीहरूको वार्षिक बिक्रीको ठूलो हिस्सा यसै अवधिमा हुने गर्छ। हामीले थप उद्यमीहरूले छिटो र उचित सर्तमा आफ्ना ग्राहकसम्म पुग्न इनड्राइभ.कुरियर्समा निर्भर हुँदै गएको देखिरहेका छौं।"

    अर्डर संख्यामा काठमाडौंले अग्रणी भूमिका खेलेको छ, जहाँ वर्ष–दर–वर्ष उल्लेखनीय वृद्धि देखिएको छ। साथै पोखरा र भरतपुरजस्ता शहरहरूमा पनि स्थिर विस्तार भइरहेको छ। यसले नेपालमा डेलिभरी सेवाको क्षेत्रमा इनड्राइभको सुदृढ उपस्थिति र नेपाली नयाँ वर्षजस्ता व्यस्त समयमा यसको बढ्दो महत्वलाई देखाउँछ।

    इनड्राइभ.कुरियर्सले नेपालका साना व्यवसायहरूका लागि भरपर्दो डेलिभरी समाधानका रूपमा आफ्नो स्थान अझ सुदृढ बनाउँदै आएको छ। यसले लचिलो मूल्य निर्धारण प्रणालीमार्फत ग्राहक र कुरियरबीच उचित सहमति कायम गर्न सहयोग पु¥याउँछ।

    मौसमी माग हरेक वर्ष बढ्दै जाँदा, इनड्राइभ नेपालभर डेलिभरी सेवा अझ सुलभ बनाउँदै स्थानीय उद्यमीहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतामा निरन्तर अग्रसर रहने बताएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend