चितवन /गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा आन्दोलनकारीले अन्य स्टोरसँगै चितवन जिल्लाको भरतपुरस्थित भाट-भटेनी सुपर स्टोरमा समेत आगजनी गरेका थिए ।
उक्त क्षतिग्रस्त सुपरस्टोर मर्मत पश्चात् भाटभटेनीले चैत्र २७ गते, शुक्रबार देखि पुनः सञ्चालनमा ल्याउने भएको छ । सोही दिनदेखि दैनिक रूपमा बिहान १०ः०० बजे देखि नियमित सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
सम्पूर्ण ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत जानकारी गराइन्छ।
यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोगको समेत अपेक्षा राखेको कम्पनीले जनाएको छ ।

