२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आजको मौसम: देशका पहाडी र हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना


सञ्चार डबली
  • सोमबार, चैत २३ २०८२
  • 3.0K
    SHARES

  • आजको मौसम: देशका पहाडी र हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै असरले देशका विभिन्न भागमा मौसम बदलीसँगै वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

    अहिले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लागेको अवस्था छ। तराईका अन्य क्षेत्रमा भने मौसम सफा देखिएको छ। 

    गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। यस्तै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा पनि फाट्टफुट्ट पानी परिरहेको छ भने उच्च हिमाली भेगमा हिमपातको प्रक्रिया जारी छ।

    सोमबार दिनभर देशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने र बाँकी भागमा पनि आंशिक बदली हुने देखिएको छ। महाशाखाका अनुसार आज पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

    वर्षा र चट्याङको सम्भावना रहेकाले पहाडी भेगका बासिन्दालाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। विशेष गरी पदयात्रामा रहेका पर्यटक र हिमाली क्षेत्रका बासिन्दाले मौसमको अवस्था हेरेर मात्रै यात्रा तय गर्न सुझाव दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend