२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आजको मौसम: पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, देशभर मेघगर्जन सहित वर्षाको सम्भावना


सञ्चार डबली
  • बुधबार, चैत १८ २०८२
  • 2.1K
    SHARES

  • images
    आजको मौसम: पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, देशभर मेघगर्जन सहित वर्षाको सम्भावना

    काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल लागेको छ ।

    आज दिउसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend