२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?


सञ्चार डबली
  • सोमबार, चैत १६ २०८२
  • 3.5K
    SHARES

  • सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

    काठमाडौं–  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले ओरालो लागेको हो ।

    महासंघका अनुसार आज बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् हिजो सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

    त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ कायम गरिएको छ । हिजो १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

    सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो चाँदी प्रतितोला ४ हजार ७ सय २० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो १० ग्राम चाँदीको मूल्य ४ हजार ४७ रुपैयाँ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend