२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आजको मौसम: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना


सञ्चार डबली
  • बिहीबार , चैत ५ २०८२
  • 5.3K
    SHARES

  • images
    आजको मौसम:  देशका विभिन्न  स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने देखिएको छ ।

    विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा वर्षा हुनेछ । यस्तै, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित असिना पानी पर्ने सम्भावना छ । कोसी र बागमती प्रदेशका पहाडी भूभागका साथै सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा समेत हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ ।

    वर्षासँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना रहेको छ । विभागले राति पनि लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोसी प्रदेशका पहाडी क्षेत्रमा बदली रहने र केही स्थानमा असिना पानी पर्न सक्ने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend