२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

Global Money Week 2026: नबिल बैंकद्वारा टङ्गाल माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम


सञ्चार डबली
  • मंगलबार, चैत ३ २०८२
  • 3.9K
    SHARES

  • images
    Global Money Week 2026: नबिल बैंकद्वारा टङ्गाल माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं- आज (चैत २ गते) Global Money Week 2026 को अवसरमा Nabil Bank लिमिटेड, मालिगाउँशाखाद्वारा Shree Tangal Madhyamik Vidyalaya, टङ्गाल, काठमाडौंमा अध्ययनरत कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा करिब ४० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

    बालबालिका तथा किशोरकिशोरीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नबिल बैंकले हरेक वर्ष ग्लोबल मनी वीकको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
    कार्यक्रममा बैंकिङ साक्षरता सम्बन्धी प्रस्तुति उत्सव श्रेष्ठ, मालिगाउँ शाखा प्रमुखले दिएका थिए  र सो शाखाको तर्फ बाट सम्बन्ध अधिकृत कृपा दहाल र सञ्चालन इन्चार्ज कोपिला लामिछानेको उपस्थिति रहेको थियो । उनले विद्यार्थीहरूलाई बचतको महत्व, बैंकिङ प्रणालीको प्रयोग, डिजिटल भुक्तानी तथा सुरक्षित वित्तीय व्यवहारबारे जानकारी गराएका थिए।

    कार्यक्रमका वक्ताहरूले आधुनिक समयमा डिजिटल बैंकिङ, मोबाइल वालेट तथा अनलाइन कारोबारको प्रयोग बढ्दै गइरहेकाले युवापुस्तालाई सही वित्तीय ज्ञान आवश्यक रहेको बताए। साथै, विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, नियमित बचत गर्ने बानी र डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे पनि जानकारी दिइएको थियो।

    सहभागीहरूले वित्तीय साक्षरताले भविष्यमा सही आर्थिक निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
    नबिल बैंकका अनुसार समुदायमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गर्ने जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend