२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

एनआईसी एशिया बैंक लिमिटेडको सम्पत्ति लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, चैत ३ २०८२
  • 3.1K
    SHARES

  • images
    एनआईसी एशिया बैंक लिमिटेडको सम्पत्ति लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ तथा गैर–बैंकिङ सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रिया सहज बनाउन अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

    बैंकले सार्वजनिक गरेको सूचनाअनुसार लिलाममा राखिएका सम्पत्तिहरूको विस्तृत जानकारी अब अनलाइनमार्फत नै हेर्न सकिनेछ । यस पोर्टलमा सम्पत्तिको क्षेत्रफल, स्थान (लोकेशन), फोटो, नक्सा तथा अन्य आवश्यक विवरणहरू समावेश गरिएको छ ।

    बैंकका अनुसार ग्राहकहरूले उक्त पोर्टलमार्फत आफूलाई आवश्यक सम्पत्तिबारे सजिलै जानकारी लिन सक्नेछन् । साथै, कुनै सम्पत्तिबारे थप जानकारी लिन चाहेमा सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर तथा ठेगाना राखी सिधै सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

    बैंकले नियमित रूपमा लिलाममा रहेका बैंकिङ, गैर–बैंकिङ तथा धितो सुरक्षणसम्बन्धी सम्पत्तिहरूको विवरण पोर्टलमा अद्यावधिक गर्ने जनाएको छ ।

    सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिहरूले एनआईसी एशिया बैंकको https://auctionassistance.nicasiabank.com (पोर्टल) मार्फत आवश्यक जानकारी प्राप्त गरी प्रक्रिया अगाडि बढाउन सक्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend