२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • मंगलबार, फागुन १२ २०८२
  • 3.6K
    SHARES

  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला रु ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो । यस अनुसार आज सुनको मूल्य प्रतितोला रु १ हजार ३ सयले वृद्धि भएको हो ।

    त्यस्तै, आज सुन प्रतिदश ग्राम रु २ लाख ६९ हजार ८ सय ९० निर्धारण गरिएको महासंघले जनाएको छ । हिजो प्रतिदश ग्राम रु २ लाख ६८ हजार ७ सय ७५ रहेको थियो ।

    यता, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला रु ५ हजार ५ सय ९५ रहेको थियो ।

    महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend