२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बुधबार, फागुन ६ २०८२
  • 3.3K
    SHARES

  • सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारछापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ हजार ५ सय रुपैयाँले घटेको हो।

    त्यसैगरी, सुनको मूल्य आज प्रतिदस ग्राम २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ थियो।

    चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य प्रतिदस ग्राम ४ हजार १ सय ८४ रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिन ४ हजार १ सय ८८ रुपैयाँ थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend