२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जीवन बीमा कम्पनीहरुको नाफा घट्यो, इपीएस कुनको कति ?


सञ्चार डबली
  • शुक्रबार, फागुन १ २०८२
  • 3.1K
    SHARES

  • images
    जीवन बीमा कम्पनीहरुको नाफा घट्यो, इपीएस कुनको कति ?

    काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले ३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म १४ जीवन बीमकले ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

    बीमकहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४.७३ प्रतिशत कम हो । गत आवको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

    सो अवधिसम्म आइपुग्दा ९ बीमा कम्पनीको नाफा सामान्य बढेको छ भने ५ कम्पनीको ह्वात्तै घटेको छ ।  

    पछिल्लो समय जीवन बीमा कम्पनीहरुको लगानीबाट हुने आम्दानीमा सुधार नदेखिदा नाफा प्रभावित बन्न पुगेको छ । बीमा कम्पनीहरुले अधिकांश रकम बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्नु र बैंकहरुको ब्याजदर निरन्तर घट्दै जानुले बीमकहरुको आम्दानी खुम्चिएको देखिन्छ ।  

    साथै बीमा कम्पनीहरुले पछिल्लो समय केही प्रतिशत रकम सेयरबजारतर्फ सिफ्ट गराउँदा पनि यसको प्रभाव देखिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले सेयरबजारतर्फ धमाधम लगानी बढाएका छन् तर सेयरबजारले गति लिन नसक्दा लगानीको प्रतिफल भनेजस्तो बढ्द सकिरहेको छैन ।  

    नाफा वृद्धि गर्ने बीमकहरुको पनि सामान्य जस्तो मात्रै बढेको छ, जसकारण बीमा कम्पनीहरुको समग्र मुनाफा घटेको देखिएको हो ।  

    सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले ३९ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १२.९८ प्रतिशत बढी हो ।  

    त्यस्तै, नेपाल लाइफले ३३ करोड ६९ लाख  रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २८.०३ प्रतिशत कम हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

    Screenshot 2026-02-13 205832.png

    यसका साथै नेशनल लाइफले २८ करोड ६८ लाख, सन नेपाल लाइफले २८ करोड ५४ लाख, सानिमा रिलायन्स लाइफले २७ करोड ६१ लाख, , आइएमई लाइफले २७ करोड ६ लाख, एशियन लाइफले २६ करोड ३५ लाख, सिटिजन लाइफले २२ करोड ४५ लाख, हिमालयन लाइफले २० करोड ६७ लाख, मेट लाइफले २० करोड ३५ लाख, सूर्यज्योति लाइफले २० करोड १८ लाख, प्रभु महालक्ष्मी लाइफले १३ करोड ३१ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ३८ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।  

    इपीएस कुनको कति ?  

    जीवन बीमा कम्पनीहरुको नाफा प्रभावित भएसँगै प्रतिसेयर आम्दानी (इपीएस)मा समेत प्रभाव देखिएको छ । १४ जीवन बीमा कम्पनीमध्ये आधा कम्पनीको इपीएस घटेको छ भने आधाको इपीएसमा सामान्य सुधार देखिएको छ ।  

    धितोपत्र दोस्रो बजारमा लगानी गर्नेहरुका लागि इपीएस सूचक महत्वपूर्ण हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

    सो अवधिसम्म सबैभन्दा धेरै इपीएस रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकै १५.२४ रुपैयाँ रहेको छ । गत आवको तुलनामा कम्पनीको इपीएस ०.१४ रुपैयाँ बढेको छ ।  

    Screenshot 2026-02-13 212855.png

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend