२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिटिजन्स बैंकद्वारा म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड वितरण


सञ्चार डबली
  • आइतबार, माघ २५ २०८२
  • 3.5K
    SHARES

  • images
    सिटिजन्स बैंकद्वारा म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड वितरण


    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा प्रदान गरिने यस वर्षको म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड गौरव उप्रेतीलाई प्रदान गरिएको छ । उक्त पुरस्कार नेपाल व्यवस्थापन संघ (म्यान)को आयोजनामा माघ २४ गते २०८२ साल, शनिबार सम्पन्न राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा घोषणा गरिएको हो ।

    पुरस्कार सम्माननीय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट प्रदान गरिएको थियो । यस अवार्डको छनोट प्रक्रिया सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय तथा नेपाल व्यवस्थापन संघ (म्यान)का पदाधिकारीहरू सम्मिलित एक समितिबाट गरिएको हो ।

    म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्डले नेपालको म्यानेजमेन्ट शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु(याउने विश्वास सिटिजन्स बैंकले लिएको छ । साथै, यसले भविष्यका म्यानेजमेन्ट पेशेवरलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल व्यवस्थापन संघ (म्यान) बीच गत वर्ष एम।बि।ए। तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । सो सम्झौताअनुसार प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एम.बि.ए. कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई नगद ५१ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिने व्यवस्था रहेको छ ।

    विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२४ – २०२५ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। साथै, बैंकले नवयुवालाई लक्षित गर्दै सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट तथा सिटिजन्स डिजी बैंक सेवा नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

    फ्रिलान्सरलाई लक्षित गरी विशेष फ्रिलान्सर सेभिङ्ज अकाउन्ट नामक नयाँ बचत खाता सुरु गरिएको छ । यसका साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सी।आर।एन् नम्बर सेवा लिन सकिने सुविधा, क्रस बैंक टेलर सेवा अन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने सुविधा समेत बैंकले उपलब्ध गराएको छ ।

    हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ ए.टि.एम., ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ७६ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend