२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जलवायु परिवर्तनका असर सामना गर्न सक्ने समावेशी र दिगो विकास आवश्यक छ- मन्त्री खनाल


सञ्चार डबली
  • बिहीबार , असोज ८ २०८३
  • 561
    SHARES

  • images
    जलवायु परिवर्तनका असर सामना गर्न सक्ने समावेशी र दिगो विकास आवश्यक छ- मन्त्री खनाल

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विकासको कुरा मात्र गरेर नपुग्ने भन्दै जलवायु परिवर्तनका असर सामना गर्न सक्ने, समावेशी र दिगो विकास आवश्यक रहेको बताएका छन् ।

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा विकासको अधिकारसम्बन्धी घोषणापत्र जारी भएको ४०औँ वर्षगाँठका अवसरमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले समावेशी तथा दिगो विकास अघि बढाउन थप बलियो राजनीतिक इच्छाशक्ति र विश्वव्यापी ऐक्यबद्धता आवश्यक रहेको बताएका हुन् ।

    उनले विकासोन्मुख देशका लागि सहज रूपमा उपलब्ध हुने तथा सहुलियतपूर्ण विकास वित्तको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

    त्यस्तै, प्रविधि हस्तान्तरणलाई तीव्र बनाउन, विकास प्रक्रियामा स्थानीय समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न तथा विकसित देशबाट विकासोन्मुख देशलाई ठोस सहयोग उपलब्ध गराउनुपर्ने उनले बताएका छन् ।

    मन्त्री खनालले जलवायु परिवर्तनका चुनौतीलाई ध्यानमा राख्दै विकासलाई दीर्घकालीन, समावेशी र दिगो बनाउने दिशामा विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend