२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनआईसी एशिया बैंकद्वारा सातै प्रदेशबाट छनौट गरी ७५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान


सञ्चार डबली
  • बुधबार, माघ २१ २०८२
  • 4.7K
    SHARES

  • images
    एनआईसी एशिया बैंकद्वारा सातै प्रदेशबाट छनौट गरी ७५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    काठमाडौं- एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका सरकारी तथा सामुदायिक विद्यालयका गरिब, विपन्न, पिछडिएका वर्ग र अपाङ्गता भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न सुरु गरेको छ।

    बैंकले काठमाडौं उपत्यका बाहिरका सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूबाट प्राप्त आवेदनमध्ये ७५ जनालाई छनौट गरी छात्रवृत्ति प्रदान गरेको जनाएको छ। बैंकले यसक्रममा सातै प्रदेशका विद्यार्थीहरूको प्रतिनिधित्व सुनिश्चित गरेको छ।

    एनआईसी एशिया बैंकले विगतमा पनि सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गर्दै विद्यार्थीहरूको अध्ययन वातावरण सुधार्ने काम गरेको थियो। छात्रवृत्तिले विद्यार्थीहरूको शैक्षिक गुणस्तर बढाउने, व्यक्तित्व विकासमा मद्दत गर्ने र अध्ययनलाई निरन्तरता दिन प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend