२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिटिजन्स बैंकका ग्राहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशत छुट, कर्मचारीलाई क्यान्सर सचेतना


सञ्चार डबली
  • शनिबार, माघ १७ २०८२
  • 2.7K
    SHARES

  • images
    सिटिजन्स बैंकका ग्राहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशत छुट, कर्मचारीलाई क्यान्सर सचेतना

    काठमाडाैं। सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। यस पहलअन्तर्गत क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रमहरू हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे सचेतना फैलाउने उद्देश्य राखिएको हो। 

    मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव भारतसँगको सहकार्यले यस कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको छ। कार्यक्रमअन्तर्गत सबै महिला कर्मचारीहरूका लागि ‘स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू’ विषयक वेबिनार आयोजना गरिएको हो, जसको सहजिकरण डा. कञ्चन कौर, वरिष्ठ निर्देशक स्तन क्यान्सर मेदान्त अस्पतालले गरिन्। 

    कार्यक्रममा ५१३ जना महिला कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए, जसले गर्दा कार्यक्रम अत्यन्तै अन्तरक्रियात्मक र प्रभावकारी बन्न सफल रहेको बैंकले जनाएको छ। त्यसैगर, बुधबार ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीका लागि ‘प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ’ विषयक सत्र समेत सञ्चालन गरिएको छ। जसमा डा. पुनीत आहुलवालिया, वरिष्ठ निर्देशक मेदान्त अस्पतालले उक्त सत्रको सहजीकरण गरेका थिए। यसमा कुल ५०९ जना कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए। 

    दुवै वेबिनारले कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा बैंकले गरेको छ। बैंकले कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित निकायहरूका लागि आगामी दिनमा यस्तै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। यसैगरी, बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वासले कार्ड वाहक ग्राहकलाई मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend