२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल टेलिकमले माग्यो विभिन्न पदमा स्थायी कर्मचारी


सञ्चार डबली
  • शनिबार, माघ १७ २०८२
  • 3.4K
    SHARES

  • images
    नेपाल टेलिकमले माग्यो विभिन्न पदमा स्थायी कर्मचारी

    काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा स्थायी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्नका लागि आवेदन माग गरेको हो । 

    टेलिकमले जुनियर टेक्निसियन (तेस्रो तह) देखि उपप्रबन्ध (नवौँ तह) सम्मका १२ वटा पदमा ८० जना कर्मचारी नियुक्त गर्ने जनाएको छ । भर्ना प्रक्रिया लोक सेवा आयोगको सहकार्यमा सञ्चालन गरिनेछ ।

    इच्छुक तथा योग्य उम्मेदवारले अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद आउँदो फागुन ७ गतेसम्म तोकिएको छ । 

    सो म्यादभित्र आवेदन दिन छुटेका उम्मेदवारले दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend