२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकले मनायो ६१औँ वार्षिकोत्सव, करिब १९ लाख ७० हजार सेवाग्राही


सञ्चार डबली
  • सोमबार, माघ १२ २०८२
  • 4.2K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकले मनायो ६१औँ वार्षिकोत्सव, करिब १९ लाख ७० हजार सेवाग्राही

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ६१ औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल प्रमुख आथित्यतामा बैंकको बार्षिकोत्सव समारोह सम्पन्न गरेको हो ।

    उनले बैंकले ऋणीहरूको प्रोफाइलिङ गरी क्रेडिट स्कोरको आधारमा कर्जा प्रवाह गर्नुपर्ने र डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । 

    उक्त अवसरमा बैंकको विशेषाङ्क स्मारिका विमोचन गरिएको थियो भने यस वर्ष सञ्चालनमा आएका १२ शाखा कार्यालय डिजिटल माध्यमबाट उद्घाटन गरिएका छन्। साथै नयाँ प्रडक्ट आरबिबि फोन लोनको शुभारम्भ पनि गरिएको छ।

    कार्यक्रममा बीस वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो। बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालले उत्पादनशील क्षेत्रमा प्राथमिकता दिँदै कर्जा प्रवाह भइरहेको जानकारी दिए । 

    प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति, योजनाहरू र डिजिटल बैंकिङ्ग सेवामा उपलब्धि प्रस्तुत गरे । बैंकले ७७ जिल्लामा ३१३ शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटीएम र ९९ शाखारहित बैंकिङ्गमार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। 

    डिजीटल बैंकिङ्गमार्फत करिब १९ लाख ७० हजार सेवाग्राहीलाई सेवा दिँदै १ लाख ४७ हजार क्यूआर मर्चेन्ट कारोबार सम्पन्न गरेको बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend