२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल बैंकको लिंक लोड एन्ड वीथड्र वीन रिवार्डस् भाया खल्ती अभियान सञ्चालनमा


सञ्चार डबली
  • बुधबार, माघ ७ २०८२
  • 3.1K
    SHARES

  • images
    नेपाल बैंकको लिंक लोड एन्ड वीथड्र वीन रिवार्डस् भाया खल्ती अभियान सञ्चालनमा

    काठमाडौं ।  नेपाल बैंक लिमिटेड तथा खल्ती बाई आइएमईको सहकार्यमा नेपाल बैंक लिमिटेडले बैंककोे ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागु हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी लिंक लोड एन्ड वीथड्र वीन रिवार्डस् भाया खल्ती अभियान सञ्चालनमा ल्याएको छ ।

    सो अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता Khalti मा link गरी कारोबार गर्दा हरेक हप्ता दुईजनालाई movie tickets वा Khalti Pro Subscription  र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही नगद रु. १५,००० (अक्षरेपी रु. पन्ध्र हजार मात्र) पुरस्कार प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ ।

    सो अभियानमा योग्य हुनको लागि खल्ती Wallet मा दर्ता भई kyc अद्यावधिक गरिएको हुनुपर्ने, यस बैंकको खाता Khalti Wallet मा link हुनुपर्ने तथा link गरिएको खाता मार्फत कारोबार भएको हुनुपर्नेछ ।

    यस सम्बन्धमा थप जानकारी लिनको लागि नजिकैको शाखा तथा यस बैंकको कल सेन्टरको फोन नं. ०१-५९७१२२२ मा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ । यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङ तर्फ उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend