२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

चीनले किन धेरै सुन खरिद गरिरहेको छ ?


सञ्चार डबली
  • मंगलबार, माघ ६ २०८२
  • 3.7K
    SHARES

  • चीनले किन धेरै सुन खरिद गरिरहेको छ ?

    काठमाडौं- करिब तीन दशकपछि सन् २०२५ मा पहिलो पटक विश्वका केन्द्रीय ब्याङ्कहरूसँग मौजुद सुनको कुल मूल्य अमेरिकी ट्रेजरी बन्डको लगानीभन्दा धेरै भएको छ।

    केन्द्रीय ब्याङ्कहरूसँग सुनको भण्डार करिब ४ ट्रिलिअन डलरको पुगेको छ जबकि अमेरिकी ट्रेजरीको मूल्य ३.५ ट्रिलिअन डलर छ।

    यूरोलाई पछाडि पार्दै सुन अमेरिकी डलरपछि संसारको दोस्रो सबभन्दा ठूलो ‘अन्तर्राष्ट्रिय रिजर्भ एसेट’ बनेको छ।

    यो परिवर्तन सन् २०२२ मा अमेरिकाले रुसको सम्पत्ति ‘फ्रीज’ गरेपछि केन्द्रीय ब्याङ्कहरूले सुन खरिद तीव्र बनाएपछि आएको हो।

    लगातार तीन वर्षसम्म केन्द्रीय ब्याङ्कहरूले हरेक वर्ष १,००० टनभन्दा बढी सुन किनेका थिए। मूल्य धेरै बढे पनि सेप्टेम्बर २०२५मा यसमा ६३४ टन थपियो।

    चिनियाँ विश्लेषकहरूको भनाइ छ – सुनको भण्डारण बढाउँदा केन्द्रीय ब्याङ्कहरूलाई डलर माथिको निर्भरता घटाउने तथा डलरमा आधारित अन्य सम्पत्तिसँग जोडिएका जोखिम सम्हाल्न पनि मद्दत मिल्छ।

    डलरको विश्वसनीयता कमजोर हुने अवस्थामा सुनको भण्डारण धेरै हुँदा कुल विदेशी मुद्रा भण्डारको स्थिरतामा पनि सहयोगी हुन्छ।

    सेप्टेम्बर २०२५ सम्म चीनको कुल अन्तर्राष्ट्रिय रिजर्भमा सुनको हिस्सा ७.६५ रह्यो। रुसका केही इन्टरनेशनल रिजर्भमा सुनको हिस्सा ४१.३ ५ रह्यो जबकि भारत को १३.५७५ रह्यो।

    नीतिगत अनिश्चितता, अमेरिकाको बढ्दो ऋण र भू(राजनीतिक तनावका बीच विश्लेषकहरू ठान्छन्– केन्द्रीय ब्याङ्कहरूले बिस्तारै बिस्तारै डलरमाथिको निर्भरता कम गरेका छन् र सुनको हिस्सा बढाइरहेका छन्।

    यसबाट विश्व मौद्रिक प्रणाली विविधतातर्फ बढ्न सक्छ।

    सन् २०२४ मा ब्रिक्सको अध्यक्षताका बेला रुसले ब्रिक्स क्रस बोर्डर पेमेन्ट इनिशटिव (बीसीबीपीआई) को प्रस्ताव राखेको थियो। यो व्यवस्था सदस्य देशहरूलाई आफ्नो राष्ट्रिय मुद्राहरूमा व्यापारको सुविधा दिन र अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीमाथि निर्भरता घटाउने उद्देश्यले तयार गरिएको हो।

    विश्लेषकहरू ठान्छन् – यसले चिनियाँ रेन्मिन्बी (चीनको मुद्राको आधिकारिक नाम) को व्यापक अन्तर्राष्ट्रिय प्रयोगका लागि पनि नयाँ अवसर पैदा गर्न सक्छ।

    चीनको बढिरहेको सुनको भण्डारलाई विश्वव्यापी वित्तीय व्यवस्थामा रेन्मिन्बीको बढ्दो भूमिकाप्रति भरोसा बलियो बन्दै गएको रूपमा हेरिएको छ।

    यो विश्लेषण वर्ल्ड गोल्ड काउन्सिल, आईएमएफ र पीपल्स ब्याङ्क अफ चाइनाको तथ्याङ्कमा आधारित छ र यसमा ब्रिक्स देशहरू, विशेषगरी चीनले सुन जम्मा गरिरहेको तरिका बुझ्ने कोसिस गरिएको छ। र यसमा सुनको भण्डारणले रेन्मिन्बीको व्यापक अन्तर्राष्ट्रिय प्रयोगका लागि कसरी नयाँ अवसर सिर्जना गरेको छ भन्ने पनि विश्लेषण गरिएको छ।

    ब्रिक्स देशमा सुनको भण्डारणको प्रवृत्ति

    ब्रिक्स देशमा खासगरी विश्वका सबैभन्दा ठूला उत्पादक मुलुकहरू चीन र रुसले सुनको भण्डार बढाउनु नयाँ कुरा भने होइन।

    दुवै देशले सन् २००८ को वित्तीय सङ्कटपछि सुनको भण्डार बढाउन सुरु गरेका थिए। त्यो सङ्कटले अमेरिकी ब्याङ्किङ प्रणालीको कमजोरीलाई सामुन्ने ल्याइदिएको थियो र उदाउँदा अर्थ व्यवस्थाहरूलाई डलरमा आधारित प्रणालीसँग जोडिएका जोखिमबारे सोच्न बाध्य बनाइदिएको थियो।

    दुवै देशको तरिका भने फरक छ। रुसले ठूलो मात्रामा लगातार सुन खरिद गर्ने नीति अपनायो। सन् २०२२ मा युक्रेनमाथि हमला र पश्चिमी देशको व्यापक प्रतिबन्धबीच रुसले सुनको भण्डारण उच्च विन्दूमा पुर्‍यायो।

    त्यसपछि रुसको भण्डारमा लगभग स्थिरता आयो। सन् २०२५ मा रुसले घरेलु बजेट घाटा पूरा गर्न आफ्नो सुनको भण्डारको एक अंश बेचेको बताइएको थियो।

    चीनको कदम भने रणनीतिक र मूल्यमा आधारित हो। पीपल्स ब्याङ्क अफ चाइनाले धेरैजसो अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको बेला आफ्नो खरिदलाई बढाइरहेको देखिएको छ।

    चीनले अहिलेसम्म सबभन्दा बढी सन् २०१५ मा ७०८.२२ टन सुन खरिद गरेको थियो।

    सन् २०२३ पछि चीनले सुन जम्मा गर्ने गति कम गर्‍यो तर थोरै मात्रामा खरिद जारी राख्यो। यसबाट पनि चीन लामो समयसम्म सुनको भण्डार बढाउने रणनीतिमा कायम रहेको सङ्केत मिल्छ।

    भारतले सन् २०१८देखि बिस्तारै बिस्तारै आफ्नो सुनको भण्डार बढाउन सुरु गरिरहेको छ। भारतले पनि विश्वको वित्तीय जोखिमबाट बच्न सुन र अन्य गैर डलर सम्पत्तिमा लगानी बढाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend