२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मञ्जुश्री फाइनान्सको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक


सञ्चार डबली
  • शनिबार, माघ ३ २०८२
  • 4.3K
    SHARES

  • images
    मञ्जुश्री फाइनान्सको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

    काठमाडौं- ग्राहकहरुलाई नवीनतम बैंकिङ सेवा दिन अग्रसर रहेको मन्जुश्री फाइनान्स लिमिटेडले मञ्जुश्री भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ ।

    मोबाइल बैंकिङ एपमार्फत सजिलै कारोबार गर्न सक्ने मञ्जुश्री भर्चुअल क्रेडिट कार्ड बाट ग्राहकहरुले फोनपेको कुनै पनि मर्चेन्ट क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

    आफ्नो मोबाइलमै हुने, आफूले चलाएको रकमको विवरण तुरुन्तै हेर्न मिल्ने तथा न्यूनतम १५ दिनदेखि अधिकतम ४५ दिनसम्म बिनाब्याज क्रेडिट कार्ड सीमासम्मको सुविधा उपभोग गर्न मिल्ने व्यवस्था मञ्जुश्री भर्चुअल क्रेडिट कार्डमा रहेको छ । आफ्नो क्रेडिट कार्ड लिमिटसम्मको रकम सहजै चलाउन मिल्ने तथा क्युआर स्क्यान गरी सजिलै भुक्तानी गर्न मिल्नेजस्ता सुविधा रहेको क्रेडिट कार्डबाट ग्राहकहरुलाई थप वित्तीय सेवा दिने विश्वास फाइनान्सले राखेको छ ।

    हालसम्म करिब २४ अर्ब निक्षेप सङ्कलन तथा २० अर्ब ५० करोड कर्जा प्रवाह गरेको मन्जुश्री फाइनान्सले २७ वटा शाखा र एक विस्तारित काउन्टरबाट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

    एक लाख ८० हजार बढी सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिँदै आइरहेको यस फाइनान्सले मञ्जुश्री भर्चुअल क्रेडिट कार्डलाई नवीन सुविधाको रुपमा सुचारु गरेको छ । भर्चुअल क्रेडिट कार्डको सुविधा दिने मन्जुश्री फाइनान्सहरुमध्येकै पहिलो फाइनान्स कम्पनी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend