२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस्बीच सम्झौता


सञ्चार डबली
  • शनिबार, माघ ३ २०८२
  • 3.8K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस्बीच सम्झौता

    काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधवार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त सम्झौता–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर गरेका छन्।

    सम्झौतापत्रमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कर्मचारीहरुका लागी तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा तथा अन्य बैंकिङ्ग सेवासुविधा उपलब्ध गराउनेछ।

    उक्त कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका निर्देशकद्वयः विनोद प्रसाद न्यौपाने र सिए किरण कुमार खत्री, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, उप–कार्यकारी अधिकृतत्रयः विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल र रामकुमार थापा, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, उपभोक्ता बैंकिङ्ग विभागका विभागीय प्रमुख भोलानाथ पौडेल लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकाम सहित दुर्गम क्षेत्रमा समेत गरी ३१२ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु उपलब्ध गराईरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend