२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कामना सेवा विकास बैंकद्वारा कोपिला माध्यमिक विद्यालयलाई सहयोग हस्तान्तरण


सञ्चार डबली
  • शुक्रबार, माघ २ २०८२
  • 4.4K
    SHARES

  • images
    कामना सेवा विकास बैंकद्वारा कोपिला माध्यमिक विद्यालयलाई सहयोग हस्तान्तरण

    काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय सुर्खेतमार्फत वीरेन्द्रनगर नगरपालिका ९, पर्सेनी स्थित कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ।

    बैंकको सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले कोपिला माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी तथा ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन्।

    बैंकका सुर्खेत शाखा प्रमुख आचार्यले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सो कार्यक्रम विद्यालयमा अध्ययनरत विपन्न तथा गरिब विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    यसरी जाडोयाममा कुर्सी तथा न्यानो कपडा वितरण भएकोमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको जीवनमा न्यानोपन, सुरक्षा तथा आत्मबल थपिने विश्वास प्रधानाध्यापक उपाध्यायले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गर्दै बैंकलाई धन्यवाद ज्ञापन गरेका छन्। 

    उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, कोपिला माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो। यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend