२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्न १० कम्पनीको प्रस्ताव, मूल्यांकन गर्न दुई महिना लाग्ने


सञ्चार डबली
  • शुक्रबार, माघ २ २०८२
  • 4.7K
    SHARES

  • नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्न १० कम्पनीको प्रस्ताव, मूल्यांकन गर्न दुई महिना लाग्ने

    काठमाडौं। नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन र मर्मतसम्भारका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर)मा १० वटा प्रस्ताव परेका छन्। गत पुस मसान्तसम्म आवेदन माग गरेको गरिएअनुसार सुरुङमार्ग सञ्चालनका लागि १० वटा कम्पनीले प्रस्ताव पेस गरेका हुन्।

    सुरुङमार्ग सञ्चालनका लागि कम्पनीमा सेग्मेन्टल-स्वच्छन्द जेभी, काष्ठमण्डप-गान्सु हेङतोङ जेभी, केएसएनएस-अल्टिनोक-बीसीपीएल जेभी (कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, अल्टिनोक कन्सल्टिङ इन्जिनियरिङ इन्क र भागेश्वर कन्स्ट्रक्सन प्रालि) छन्। 

    यस्तै, एसएक्सआरबी-ब्राइट बुल जेभी (सान्सी रोड एन्ड ब्रिज ग्रुप कर्पोरेसन लिमिटेड र ब्राइट बुल निर्माण सेवा), जेटीसीजी-दान्फे जेभी (जियाङसी तियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड र दान्फे कन्स्ट्रक्सन कम्पनी प्रालि) कम्पनी रहेको नागढुङ्गा-सुरुङमार्ग निर्माण आयोजनाका सूचना अधिकारी तथा आयोजना निर्देशक इन्जिनियर सन्जय पन्थीले जानकारी दिए।

    आयोजनाका अनुसार, बावरी कन्स्ट्रक्सन/टनलटेक सोलुसन्स संयुक्त उपक्रम जेभी (बावरी कन्स्ट्रक्सन प्रालि र टनलटेक सोलुसन्स प्राइभेट लिमिटेड), ईएमएसएल-पीएससीपीएल जेभी (एल्सामेक्स म्यान्टेन्स सर्भिस लिमिटेड र पशुपति शिवाजी कन्स्ट्रक्सन प्रालि), समानान्तर-सीएफएचईसी जेभी (समानान्तर निर्माण सेवा प्रालि र चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेड), युजिन-एआरटी जेभी (चोङछिङ युजिन रोड एन्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड र एआरटी कन्स्ट्रक्सन), वेदान्शी-रांकेन संयुक्त उपक्रम (वेदान्शी इन्फ्रास्ट्रक्चर लिमिटेड र रांकेन रेलवे कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड) रहेका छन्।

    सञ्चालनका प्रस्तावक कम्पनीको प्राविधिक मूल्यांकन गर्न करिब महिना दिन समय लाग्ने उनले बताएका छन्। ‘प्राविधिक रूपमा सफल भएका कम्पनीहरूको आर्थिक प्रस्ताव खोलेर अन्तिम सम्झौता गर्न थप एक महिना लाग्ने देखिएको छ,’ उनले भने, ‘यस हिसाबले हामीलाई आगामी दुई महिना बढी समय आवश्यक पर्छ।’ 

    " सुरुङमार्ग सञ्चालनको मिति केही समय पछाडि सरेर अप्रिल अर्थात आगामी वैशाखसम्म सञ्चालनमा आउने देखिएको छ। "

    हाल परेको प्रस्ताव आवेदन अधिकांश कम्पनी जेभी छन्। गत कात्तिक १६ गते पहिलोपटक ४५ दिनको म्याद दिएर टेन्डर आह्वान गरिएको थियो। सुरुमा प्रस्ताव नपरेपछि आवेदन दिन सक्ने म्याद पुस ३० सम्म लम्ब्याइएको थियो। 

    अप्रिलदेखि सञ्चालनको लक्ष्य

    सुरुङमार्ग सञ्चालनको मिति केही समय पछाडि सरेर अप्रिल अर्थात आगामी वैशाखसम्म सञ्चालनमा आउने देखिएको छ। आयोजनाले अप्रिलभित्रै सेवा प्रदायक छान्ने र बाँकी रहेका भौतिक पूर्वाधारका कामहरू सम्पन्न गर्ने गरी तयारी थालेको छ। हाल सुरुङको पश्चिमी खण्ड (धादिङतर्फ) पहिरो नियन्त्रण, एप्रोच रोडको व्यवस्थापन र टोल बुथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। 

    छनोट हुने कम्पनीले सुरुङमार्गको चौबिसै घण्टा सुरक्षा, मर्मतसम्भार र ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने छ। यसमा साथै, सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनबाट टोल ट्याक्स उठाउने जिम्मा पनि सोही कम्पनीकै हुनेछ। 

    सुरुङभित्रका अत्याधुनिक प्रविधि, जेट फ्यान, सीसीटीभी र आपत्कालीन उद्धारका कामहरू कम्पनीले गर्नेछ। यही विषयको प्राविधिक पक्ष मूल्यांकन गर्न दुई महिना लाग्ने देखिएको आयोजनाले जनाएको छ।  

    यही जनवरीमा सुरुङ मार्ग सञ्चालनमा ल्याइने सरकारको तयारी थियो। तर, भदौ २३ र २४ को जेनन्जी प्रर्दशनका कारणले दर्जनौं सरकारी कार्यालयमा आगजानी भएका छन्। सडक विभाग पनि जलेर ध्वस्त भएको छ। हाल सडक विभाग चाकुपाटबाट कार्यालय सञ्चालन छ। तर, यहाँ भएका कागजात सारिएका छन्। सुरुङ मार्गको कागजात सही ठाउँमा नहुँदा हस्तान्तरण हुन नसकेका कारणले सो मार्ग सञ्चालनमा ढिलासुस्ती देखिएको हो। 

    " साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क सो सुरुङ प्रयोग गरेबाापत शुल्क पनि निर्धारण गरेको छ। "

    सुरुङमार्ग निर्माणको कार्य लगभग सम्पन्न भइसेकेको छ। जापानको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी जम्मा २२ अर्ब लागतमा सो सुरुङमार्ग निर्माण सम्पन्न भएको हो। २०१६ डिसेम्बर २२ मा सम्झौता भएको ऋण सरकारले ४० वर्षमा तिर्ने छ। ऋणको ब्याजदर ०.०१ प्रतिशत छ। यो रकम टोल शुल्क उठाएर तिर्ने सरकारी तयारी छ।

    साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क सो सुरुङ प्रयोग गरेबाापत शुल्क पनि निर्धारण गरेको छ। सवारीअनुसार ६५ रुपैयाँदेखि ६ सय रुपैयाँ निर्धारण गरिएको छ। नागढुंगा सुरुङमार्ग उपभोग दस्तुरअनुसार कार/भ्यानले काठमाडौं आउँदा ६५ र बाठमाडौंबाट बाहिर जाँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्ने छ।

    यस्तै, मिनी बस/ट्रकको काठमाडौं भित्रिँदा ११५ र काठमाडौंबाट बार्हिदा ८० रुपैयाँ शुल्क लाग्ने छ। यस्तै, बस/ट्रकको काठमाडौं आउँदा २६० रुपैयाँ र काठमाडौंबाट बार्हिदा २ सय रुपैयाँ तिर्नुपर्नेछ। यस्तै, भारी सवारीसाधनको हकमा सुरुङ मार्ग प्रयोग गरी काठमाडौं आगमन गर्न ६ सय रुपैयाँ र काठमाडौंबाट बाहिर जाँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने मन्त्रिपरिषद्को निर्णय छ।

    सो सुरुङमार्गमा यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुई पांग्रे, तीन पांग्रे सवारीसाधन र नन-मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिने आयोजनाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend