२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?


सञ्चार डबली
  • शुक्रबार, माघ २ २०८२
  • 3.5K
    SHARES

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

    निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३ र डिजेलरर मट्टितेल प्रतिलिटर रु १ ले घटाइएको हो । भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले जनाएको हो । 

    नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल १३६ रुपैयाँ कायम भएको छ । तराईका विभिन्न डिपो क्षेत्रहरू (पहिलो वर्ग) मा पेट्रोल १५३ रुपैयाँ ५० पैसा र डिजेल १३३ रुपैयाँ ५० पैसामा उपलब्ध हुने भएको छ ।

     

    petrol_a4KEbb008h.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend