२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रभु बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न


सञ्चार डबली
  • बिहीबार , माघ १ २०८२
  • 4.1K
    SHARES

  • images
    प्रभु बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं- प्रभु बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज पुस ३० गते विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सम्पन्न भएको हो । 

    बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा बसेको सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । 

    बैंकको २४ औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लिमिटेडको गत आ.व. २०८१/०८२ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएका छन् । 

    प्रभु बैंकले देशभर ६८ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २६९ वटा एटिएम तथा ३१२ वटा शाखा कार्यालयहरु सहित देशभर फैलिएको आफ्नो बैंकिङ सञ्जालको माध्यमबाट ३७ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend