२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त


सञ्चार डबली
  • बुधबार, पुस ३० २०८२
  • 4.0K
    SHARES

  • images
    एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

    काठमाडौं- बैंकिङ क्षेत्रमा झन्डै तीन दशकको अनुभव संगालेकी अनुपा प्रधान राजभण्डारी एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छिन् । 

    नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन् । 

    बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभण्डारीले तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व गर्दै उल्लेखनीय योगदान पुर्‍याएकी छिन् । 

    सञ्चालक पदमा नियुक्त भएको अवसरमा बैंक परिवारले राजभण्डारीलाई सफल कार्यकालको शुभकामना दिँदै स्वागत तथा बधाई व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend