२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुनमा पैसा राख्दा कति ब्याज पाइन्छ ?


सञ्चार डबली
  • बुधबार, पुस ३० २०८२
  • 3.7K
    SHARES

  • images
    माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुनमा पैसा राख्दा कति ब्याज पाइन्छ ?

    काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले माघका लागि ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् ।

    माघ महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ४.६८ प्रतिशत र संस्थागततर्फ औसत ३.३८ प्रतिशत कायम भएको छ । माघका लागी ११ बैंकले ब्याजदर घटाएका छन् भने ८ बैंकले पुस महिनाको ब्याजदरलाई नै निरन्तरता दिने भएका छन् । 

    ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।

    त्यस्तै स्थिर राखेकामा नेपाल, एनआईसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी छन् । एउटा बैंक प्राइम कमर्सियल बैंकले बढाएको छ ।

    माघ महिनामा प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको छ । प्राइम कमर्सियल बैंकले माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ब्याजदर बढाएर ४.४० प्रतिशतमा पुर्याएको छ । 

    माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४.४० प्रतिशत, नेपाल एसबीआई बैंकले ४.४० प्रतिशत, हिमालयन बैंकले ५ प्रतिशत, सानिमा बैंकले ४.५५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत,एभरेष्ट बैंकले ४.४० प्रतिशत, कुमारी बैंक ४.४३ प्रतिशत, सिटिजन्स बैंकले ४.५० प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.३६ प्रतिशत, ब्याज दिने छन् ।

    यसैगरी आगामी महिना माघमा व्यक्तिगत मुद्दती निक्षेपमा नबिल बैंकले ४.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत, एनआईसी एशिया बैंकले ५ प्रतिशत, नेपाल बैंकले ५.१० प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत र सिद्धार्थ बैंकले ४.५५ प्रतिशत, ब्याजदर दिने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend