२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एसबीआई बैंक लुटपाट : नगद बरामदबारे प्रहरीका दुई फरक दाबी


सञ्चार डबली
  • बुधबार, पुस ३० २०८२
  • 3.5K
    SHARES

  • images
    एसबीआई बैंक लुटपाट : नगद बरामदबारे प्रहरीका दुई फरक दाबी

    काठमाण्डौ । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ स्थित एसबीआई बैंक शाखामा भएको लुटपाटपछि प्रहरीले ठूलो मात्रामा नगद बरामद गरेको छ। लुटेराहरु भाग्दै गरेको अवस्थामा नजिकैको जंगलमा करिब २ करोड १० लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन्।

    घटनामा संलग्न ४ जनालाई नगदसहित पक्राउ गरिएको छ। तर, नगद फेला परेको रकमबारे प्रहरी प्रमुख सुवेदीले करिब १ करोड ८० लाख भएको बताए पनि प्रहरी कार्यालयकै सञ्चार शाखाले २ करोड १० लाख भएको दाबी गरेको छ। यसले घटनाबारे दुई फरक विवरण सार्वजनिक भएको देखिन्छ।

    प्रहरीका अनुसार लुटेरा समूहले करिब ३ करोड १० लाख रुपैयाँ बैंकबाट लुटेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। नकाबधारी ६–७ जनाको समूहले बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर सुरक्षागार्डलाई आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।

    लुटेराहरु प्रयोग गरेको गाडी र चालकलाई प्रहरीले हिजो राति नै नियन्त्रणमा लिएको छ। सो गाडी काभ्रेको बनेपाबाट ल्याइएको खुलेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend