२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा रक्तदान, ५५८ जनाको सहभागिता


सञ्चार डबली
  • बुधबार, पुस ३० २०८२
  • 3.6K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा रक्तदान, ५५८ जनाको सहभागिता

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा मुलुकका सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ।

    बैंकले स्थापनाको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा घोषणा गरिएका १९ सामाजिक उत्तरदायित्व कार्यक्रममध्ये यो प्रमुख कार्यक्रम हो।

    रक्तदान कार्यक्रम कोशीका तीनपैनी, मधेशका बर्दिवास, बाग्मतीका कान्तिपथ र नारायणगढ, गण्डकीका पोखरा न्यूरोड, लुम्बिनीका बुटवल चौराहा र नेपालगञ्ज, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिमको धनगढी शाखामा एकैदिन सम्पन्न गरिएको थियो।

    ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित कार्यक्रममा ५५८ जनाले रक्तदान गरेका छन्। सङ्कलित रगत गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखी वितरण गरिने बैंकले जनाएको छ।


    ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामुदायिक तथा मानवोन्मुख कार्यक्रम निरन्तर गर्दै आएको छ। बैंकले विगतमा बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४–२५, युरो मनी अवार्ड २०२२, २०२४–२५, बेस्ट बैंक ईएसजी २०२४ लगायतका प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।

    देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी वाणिज्य बैंकका रूपमा ग्लोबल आइएमई बैंकले हाल ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।

    बैंकले विश्वभरका अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन, भारत, जोर्डनलगायतका देशहरूबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend