२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेप्से सामान्य अंकले घटेर २६३५ विन्दुमा बन्द, कति भयो कारोबार ?


सञ्चार डबली
  • सोमबार, पुस २८ २०८२
  • 5.1K
    SHARES

  • images
    नेप्से सामान्य अंकले घटेर २६३५ विन्दुमा बन्द, कति भयो कारोबार ?


    काठमाडौं ।  साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार बढेर बन्द भएको नेप्से, यस दिन भने ५.५४ अंकले घट्दै २६३५.०० विन्दुमा झरेको हो ।

    यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०।१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले घटेका छन् । नेप्से घटेपनि सोमबार कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ ।

    गत बिहीबार ४ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा यस दिन ३३३ स्टकको ७८ हजार ८०८ पटकको कारोबारमा ६ अर्ब ४७ करोड २६ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड २३ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

    यस दिन दुई कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । एसवाई प्यानल नेपाल र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर मूल्य सकारात्मक सर्किटमा पुगेको हो । त्यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ भने सिटिजन्स म्युचुअल फण्ड–३ को इकाई मूल्य करिब ६ प्रतिशतले वृद्धि भएको छ । यता, कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको शेयर मूल्य भने ४.२५ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा सोमबार एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४२ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसपछि राधी विद्युत कम्पनीको साढे ३१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ ।

    १३ उपसमूहमध्ये सोमबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन तथा म्युचुअल फण्ड उपसमूहका परिसूचक सामान्य रूपमा बढेका छन् । यता, व्यापार उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.१६ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend