२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामेश्वरप्रसाद बस्याल नियुक्त


सञ्चार डबली
  • आइतबार, पुस २७ २०८२
  • 5.4K
    SHARES

  • images
    सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामेश्वरप्रसाद बस्याल नियुक्त

    काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्।

    बैंकको सञ्चालक समितिले बस्याललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो। यो नियुक्ति आजैका मिति अर्थात् २०८२ साल पौष २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ।

    बैंकिङ्ग क्षेत्रमा करिब ३६ वर्षको लामो अनुभव सँगालेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा रहेर कार्य गरेका थिए।

    सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले यहाँ प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

    आफ्नो साढे तीन दशक लामो करियरमा बस्यालले बैंक सञ्चालनका विभिन्न आयामहरूमा व्यापक अनुभव प्राप्त गरेका छन्। विशेषगरी बजार व्यवस्थापन, कर्जा लगानी तथा जोखिम व्यवस्थापनको क्षेत्रमा उनको महत्त्वपूर्ण योगदान रहेको बैंकले उल्लेख गरेको छ।

    संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिने बस्यालको नेतृत्वमा सिद्धार्थ बैंकले आगामी दिनमा दीगो वृद्धि हासिल गर्ने, ग्राहक सेवामा उत्कृष्टता ल्याउने र संस्थागत संरचनालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend