२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मुक्तिनाथ क्यापिटल र सिंगटी हाइड्रोबीच सम्झौता


सञ्चार डबली
  • शुक्रबार, पुस २५ २०८२
  • 3.3K
    SHARES

  • images
    मुक्तिनाथ क्यापिटल र सिंगटी हाइड्रोबीच सम्झौता

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले हकप्रद सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले सेयरधनीका लागि १ः१ को अनुपातमा (शतप्रतिशत)हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

    सो सम्बन्धी सम्झौतापत्रमा सिंगटी हाइड्रो इनर्जीका प्रबन्ध सञ्चालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन ।

    कम्पनीको १६औंँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोहीअनुसार कम्पनीले सय रुपैयाँ अंकित दरका कुल तीन करोड चार लाख ५० हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend