२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कर्मचारीमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न एनआईसी एसिया बैंकको माग


सञ्चार डबली
  • बिहीबार , पुस २४ २०८२
  • 2.8K
    SHARES

  • images
    कर्मचारीमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न एनआईसी एसिया बैंकको माग

    काठमाडौं । एनआईसी एसिया बैंकको इटहरी शाखामा कार्यरत कर्मचारीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको गराएको छ।

    बैंकका अनुसार केही व्यक्तिहरू कलुषित मनसायका साथ शाखा कार्यालयमा प्रवेश गरी गालीगलौज गर्नुका साथै उच्छृङ्खल गतिविधिमा संलग्न भएका थिए। बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्रमा भएको यस्तो घटनाले कर्मचारीको मनोबल गिराउनुका साथै समग्र बैंकिङ क्षेत्रमै असुरक्षा बढाएको बैंकको ठहर छ।

    बैंकद्वारा जारी विज्ञप्तिमा कार्यालयभित्र हुलहुज्जत गर्ने, होहल्ला गर्ने र आगजनी गर्ने उद्देश्यले पेट्रोल जस्तो अति प्रज्वलनशील पदार्थ छर्कने जस्ता गम्भीर र गैरकानुनी कार्य भएको उल्लेख गरिएको छ। 

    कर्मचारीहरूले असुरक्षित महसुस गरिरहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलले बताएका छन्। कुनै पनि बहानामा कर्मचारीमाथि हुने यस्ता व्यवहार किमार्थ स्वीकार्य नहुने भन्दै बैंकले दोषीमाथि कडा कारबाहीको माग गरेको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend