२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एक वर्षे अवधिको १० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


सञ्चार डबली
  • बिहीबार , पुस २४ २०८२
  • 3.7K
    SHARES

  • images
    एक वर्षे अवधिको १० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


    काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको १० अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । मौद्रिक व्यवस्थापन विभाग, काठमाडौंले प्रकाशित गरेको सूचनाअनुसार २०८२ पुस २४ गते बोलकबोलमार्फत “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ ‘च’ निष्कासन गर्ने भएको हो ।

    सूचनाअनुसार ऋणपत्रको बोलकबोल पुस २४ गते मध्याह्न २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुनेछ । सोही दिन ऋणपत्र निष्कासन गरिनेछ भने सांवा भुक्तानी मिति २०८३ पुस २४ गते तोकिएको छ । ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ ।

    बोलकबोलमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ । यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend