२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

४४ अर्ब बराबरको सवारी साधन र स्पेयर पार्टस् आयात


सञ्चार डबली
  • मंगलबार, पुस ८ २०८२
  • 3.6K
    SHARES

  • ४४ अर्ब बराबरको सवारी साधन र स्पेयर पार्टस् आयात

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पाँच महिनाको अवधिमा नेपालमा सवारी साधन र स्पेयर पार्टस् आयातमा वृद्धि भएको छ 

    भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो पाँच महिनामा ४४ अर्ब ८१ करोड रुपैयाँ बराबरको सवारी साधन र त्यसका पार्टपूर्जा आयात भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा सवारी साधन आयातमा वृद्धि देखिएको छ । 

    तर, अघिल्लो महिनाको तुलनामा विद्युतीय सवारी साधन आयात घटेको छ । पाँच महिनामा १२ अर्ब ३४ करोड रुपैयाँ बराबरका २३ हजार २६ युनिट विद्युतीय सवारीसाधन आयात भएका छन् । यसबाट सरकारले ६ अर्ब ६१ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ ।

    गत वर्ष सोही अधिमा १५ अर्ब रुपैयाँ बराबरका १८ हजार ४६१ युनिट विद्युतीय सवारीसाधन आयात गरिएको थियो ।

    त्यस्तै, २९ अर्ब २६ करोड रुपैयाँ बराबरका १ लाख ३८ हजार २३० युनिट इन्धन सवारीसाधन आयात भएका छन् । यसबाट सरकारले ३१ अर्ब ३३ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको विभागले जनाएको छ ।

    गत आवको पाँच महिनामा २० अर्ब २८ करोड रुपैयाँ बराबरका १ लाख १० हजार ४९ युनिट इन्धन सवारीसाधन आयात भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend