काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूले प्रस्तावित लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको जनाएको छ। कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसअनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।
कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी पुस १९ गते बिहान ९ बजे विरगञ्जस्थित होटल भिष्वामा २६ औं वार्षिक साधारण सभा आयोजना गर्ने तयारी गरेको छ।

