२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इसेवाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न


सञ्चार डबली
  • बुधबार, पुस २ २०८२
  • 3.3K
    SHARES

  • images
    इसेवाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौँ । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।

    साधारण सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा - नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ ।

    त्यस्तै, २०८१/८२ को लेखापरीक्षक प्रतिवेदनका आधारमा कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पूँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (कर सहित) पारित गर्नुका साथै चुक्ता पूँजीको ३१.५८ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ रकम बराबरको बोनस सेयर जारी गर्ने निर्णयसमेत पारित गरेको छ ।

    साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरू सुबास शर्मा र सौगात केसीलाई पुनःनिर्वाचित गर्नुका साथै आ. व. २०८२/८३ का लागि पीकेएफ टी आर उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त पनि गरेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend