२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

चालु आर्थिक वर्षको पाँच महिनामा राजस्व संकलन र खर्च दुवै कमजोर


सञ्चार डबली
  • मंगलबार, पुस १ २०८२
  • 4.0K
    SHARES

  • चालु आर्थिक वर्षको पाँच महिनामा राजस्व संकलन र खर्च दुवै कमजोर

    काठमाण्डौ – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा सरकारको राजस्व संकलन र बजेट खर्च दुवै लक्ष्यअनुसार हुन सकेको छैन। अर्थ मन्त्रालयका अनुसार यस अवधिमा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन वार्षिक लक्ष्यको २७.४५ प्रतिशत मात्र हो।

    सरकारले चालु वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर मंसिरसम्म संकलन हुनुपर्ने ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको लक्ष्यको तुलनामा उपलब्धि ७८.८४ प्रतिशतमा सीमित भएको मन्त्रालयले जनाएको छ।

    मंसिर महिनामा मात्र ९५ अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो। तर सो अवधिमा ८० अर्ब २७ करोड रुपैयाँ मात्र संकलन भएको छ, जुन लक्ष्यको ८४.३१ प्रतिशत हो। मंसिर २९ गते मात्र ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको तथ्याङ्कले देखाएको छ।

    गत आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। सो वर्ष मंसिरसम्म ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ राजस्व उठेको थियो भने मंसिर महिनामा मात्र ७७ अर्ब ७६ करोड रुपैयाँ संकलन भएको थियो।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु वर्षको मंसिर मसान्तसम्म सरकारको कुल खर्च वार्षिक विनियोजनको २८.७४ प्रतिशत मात्र पुगेको छ। यस वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा हालसम्म ५ खर्ब ६४ अर्ब ४६ करोड १२ लाख रुपैयाँ खर्च भएको छ।

    पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएकामा मंसिरसम्म ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन अत्यन्त न्यून प्रगति हो।

    चालु खर्चतर्फ वार्षिक ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन रहेकामा हालसम्म ३३.७ प्रतिशत अर्थात् ३ खर्ब ९८ अर्ब ४ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन गरिएकोमा ३५.३२ प्रतिशत अर्थात् १ खर्ब ३२ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend