२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

चन्द्रागिरी हिल्स लिमिटेडद्वारा लाभांश घोषणा तथा साधारण सभा आह्वान


सञ्चार डबली
  • मंगलबार, पुस १ २०८२
  • 3.5K
    SHARES

  • चन्द्रागिरी हिल्स लिमिटेडद्वारा लाभांश घोषणा तथा साधारण सभा आह्वान

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २३ गते बुधबार काठमाडौंको थानकोटस्थित कम्पनीको आफ्नै बटम स्टेशन परिसरमा बिहान ११ बजेलेखि साधारणसभा गर्ने निर्णय गरेको हो । 

    साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष (आव) को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने, प्रभु बैंक लिमिटेडबाट लिएको कर्जा अनुमोदन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । 

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै सो सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend