काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को ‘रेकर्ड’ बनाइरहेको छ । यसै क्रममा मंगलबार (पुस १) पनि बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला २०० रुपैयाँले बढेर दुई लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
सोमबार (मंसिर २९) दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तीन हजार ८८५ कायम भएको छ । अघिल्लो दिन ८७० रुपैयाँमा कारोबार भएको थियो ।

