२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

४ महिनामा पौने ७ खर्ब रेमिट्यान्स भित्रियो


सञ्चार डबली
  • सोमबार, मंसिर २९ २०८२
  • 2.8K
    SHARES

  • ४ महिनामा पौने ७ खर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ । असोजको तुलनामा रेमिट्यान्स आप्रवाह घटेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा ६४ अर्बले रेमिट्यान्स घटेको हो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०८२\८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ३१।४ प्रतिशत वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशत बढेको थियो । गत आवको कात्तिक महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब १४ अर्ब ३१ करोड रहेको थियो ।

    चालु आर्थिक वर्षको चार महिना अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । कात्तिकसम्ममा खुद द्वितीय आय ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । 

    वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९ सय ७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८ सय ३७ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ४७ हजार ४ सय ७८ र ९४ हजार १०५ थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend