२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

रेमिट्यान्स आप्रवाहमा ३५ प्रतिशतले वृद्धि, तीन महिनामै स्वदेश भित्रियो पाँच खर्ब ५३अर्ब


सञ्चार डबली
  • मंगलबार, मंसिर १६ २०८२
  • 3.3K
    SHARES

  • रेमिट्यान्स आप्रवाहमा ३५ प्रतिशतले वृद्धि, तीन महिनामै स्वदेश भित्रियो पाँच खर्ब ५३अर्ब

    काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा कुल ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

    गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स ११.९ प्रतिशतले मात्र बढेर ४ खर्ब ८ अर्ब ७७ करोड रुपैयाँ पुगेको थियो । 

    महिनावारी विवरण हेर्ने हो भनेः  
    - साउनमा २९.९% ले बढेर १ खर्ब ७७ अर्ब ४१ करोड,  
    - भदौमा ३३.१% ले बढेर कुल संचित ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।  

    यसै अवधिमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी आँकडा क्रमशः १ खर्ब १५ अर्ब ३६ करोड र १ खर्ब ८४ अर्ब ९९ करोड मात्र बचत थियो ।  

    यसबाहेकः  
    - कुल वस्तु निर्यात ८९.६% ले उल्लेख्य वृद्धि हुँदै ७२ अर्ब ७८ करोड पुगेको छ,  
    - वस्तु आयात १९.८% ले बढेर ४ खर्ब ६८ अर्ब ८ करोड कायम भएको छ,  
    - फलस्वरूप व्यापार घाटा १२.२% ले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend