२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

११ वटा भाटभटेनी पुनः सञ्चालनमा ल्याउँदै मीनबहादुर


सञ्चार डबली
  • बिहीबार , मंसिर ११ २०८२
  • 6.3K
    SHARES

  • ११ वटा भाटभटेनी पुनः सञ्चालनमा ल्याउँदै मीनबहादुर

    काठमाडौं। भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवम् प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले ११ वटा भाटभटेनी सुपरमार्केट सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए। सामाजिक सुरक्षा कोषमा यो वर्षको उत्कष्ट योगदानकर्ताको रुपमा प्रदान गरिएको सम्मान कार्यक्रमपछि बाेल्दै अध्यक्ष गुरुङले २०८३ सालको असारभित्रै ११ वटा भाटभटेनी सञ्चालन गर्ने गरी काम भइरहेको बताएका हुन्।

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा १२ वटा पूर्ण रुपमा ध्वस्त भएको र २१ वटा क्षति पुगेको उनले जानकारी दिए। तीमध्ये पूर्ण रुपमा ध्वस्त भएको १२ वटा भत्काएर सम्याउने काम भइरहेको र क्षति मात्र भएकाहरुको पूर्णनिर्माण गरी केही सञ्चालनमा आइसकेको उनको भनाइ छ। तीमध्ये ११ वटा भाटभटेनी असार मसान्तभित्रै सञ्चालनमा ल्याउने उनको भनाइ छ।

    यो वर्षको उत्कष्ट योगदानकर्ताको रुपमा सम्मान लिन पाउँदा निकै खुसी लागेको बताउँदै जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दायित्वबाट नभाग्ने प्रतिक्रिया उनले दिए। ‘धेरैभन्दा धेरैलाई रोजगारी दिने र मुलुकलाई पनि धेरै कर तिर्ने अभियान मेरो हो,’ अध्यक्ष गुरुङले भने, ‘केही समय अघि उत्कष्ट कर दाताको रुपमा समेत सम्मान पाइसकेको छु, यसले मलाई थप हौसला प्रदान हुन्छ।’

    जेनजी आन्दोलनमा क्षति भएको घटनामा उनले स्वर्गिय भक्तराज आचार्यको गित सम्झिँदै भने, ‘मुटु जलिरहेछ, आशु बगिरहेछ।’ जस्तोसुकै परिस्थिति आए पनि लगानी गर्न आफु पछि नहट्ने प्रतिबद्धता जनाए। दसौं हजारलाई रोजगारी दिँदै मुलुकलाई अर्बौ रुपैयाँ राजश्व तिरिरहेको बताउँदै उनले अब आफ्नो लागि नभई श्रमिक र मुलुकको लागि लगानी विस्तार गर्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend