२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

वीरगञ्ज भन्सारद्वारा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन


सञ्चार डबली
  • सोमबार, मंसिर ८ २०८२
  • 2.9K
    SHARES

  • वीरगञ्ज भन्सारद्वारा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन

    काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) मा ७५ अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

    भन्सार विभागले सोही अवधिका लागि ८९ अर्ब २४ करोड रुपैयाँको लक्ष्य तोकेकोमा कार्यालयले लक्ष्यको ८५ प्रतिशतमात्रै राजस्व असुली गर्न सफल भएको हो।

    साउन, भदौ र असोजमा राजस्व सङ्कलन सन्तोषजनक रहे पनि कात्तिक महिनामा भने उल्लेख्य कमी देखिएको छ। प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार जेनतेन आन्दोलन, छठ पर्व तथा बाढी-पहिरोका कारण आयात प्रभावित हुँदा कात्तिकमा लक्ष्यअनुसार राजस्व उठ्न नसकेको हो।

    उनले भने, “पहिलो तीन महिना राजस्व सङ्कलन लक्ष्यको नजिक थियो। तर कात्तिकमा २३ अर्ब ६३ करोडको लक्ष्य रहेकोमा १७ अर्ब ३३ करोडमात्रै सङ्कलन भयो।”

    महिनावार विवरण यस प्रकार छ:

    - साउन : १८ अर्ब ४४ करोड
    - भदौ : २० अर्ब ७३ करोड
    - असोज : १९ अर्ब ९ करोड
    - कात्तिक : १७ अर्ब ३३ करोड

    वीरगञ्ज भन्सार देशकै सबैभन्दा ठूलो राजस्व उठाउने नाका हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend