२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

राष्ट्रिय मेगा सेवा क्याम्प सुरु, देशभरका ग्राहकहरूलाई विशेष छुट र सेवा सुविधा


सञ्चार डबली
  • आइतबार, मंसिर ७ २०८२
  • 3.4K
    SHARES

  • images
    राष्ट्रिय मेगा सेवा क्याम्प सुरु, देशभरका ग्राहकहरूलाई विशेष छुट र सेवा सुविधा

    बतास एम.ए.डब्ल्यू. कमर्शियल भेइकल्सले EICHER ग्राहकहरूको लागि राष्ट्रिय स्तरको मेगा सर्भिस क्याम्प सुरु गरेको छ। यो क्याम्प मंसिर १७ देखि मंसिर २९, २०८२ सम्म सञ्चालन हुनेछ।

    क्याम्पको मुख्य उद्देश्य सवारी साधनको कार्यक्षमता बढाउनु, उत्कृष्ट बिक्रीपछिको सेवा उपलब्ध गराउनु र ग्राहक सन्तुष्टि सुनिश्चित गर्नु रहेको बताइएको छ। नेपालभरका सबै EICHER Exclusive Workshop तथा शाखाहरूमा यो क्याम्पमार्फत ग्राहकहरूले निःशुल्क सर्भिस तथा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

    ग्राहकहरूले क्याम्प अवधिभर स्पेयर पार्ट्समा १२ प्रतिशत छुट, अन्य लुब्रिकेन्ट्समा १८ प्रतिशत छुट, EICHER लुब्रिकेन्ट्समा २५ प्रतिशत छुट, ठूला मर्मत कार्यहरूको ज्यालामा २० प्रतिशत छुट पाउनेछन्। साथै, नि:शुल्क बम्पर-टु-बम्पर चेकअप, ३५-पोइन्ट इन्सपेक्सन र प्रत्येक सहभागी ग्राहकलाई नि:शुल्क विन्डचिटर पनि प्रदान गरिनेछ।

    बतास एम.ए.डब्ल्यू. कमर्शियल भेइकल्सका प्रतिनिधिले भने, "यो क्याम्प EICHER ग्राहकहरूलाई उनीहरूको सवारी साधन उत्कृष्ट अवस्थामा राख्न मद्दत गर्ने र सन्तुष्टि बढाउने लक्ष्यका साथ आयोजना गरिएको हो। नेपालभरका EICHER प्रयोगकर्ताहरूलाई यस अवसरबाट लाभ उठाउन आमन्त्रण गर्दछौं।"

    ग्राहकहरूले सुविधा र छुटहरू पाउन अग्रिम बुकिङ अनिवार्य रहेको छ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend